लिवर्टी ईनर्जीको आईपीओ भदौ ३ गतेदेखि खुल्दै, १० हजार कित्तासम्म आवेदन गर्न पाइने

0
Shares

लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले आगामी भदौ ३ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ।

कम्पनीले सर्वसाधारणका लागि पहिलो चरणमा लमजुङ्गबासीका लागि जारी गर्दा अवितरित आईपीओ सहित कुल ३५ करोड ६४ लाख ९३ हजार रुपैयाँ बराबरको ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो।

कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका कुल ३७ करोड ५० लाख बराबरको ३७ लाख ५० हजार कित्तामध्ये लमजुङ्गबासीका लागि अवितरित भएको १३ लाख १५ हजार ९३० कित्तासमेत गरी ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर बिक्री खुला गरिएको छ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमिति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरोशेयर सफ्टवेयर मार्फत पनि आवेदन गर्न सकिन्छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले जारी गर्न लागेको आईपीओलाई क्रेडि रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ। इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ्ग ले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर आधार रहेको जनाउँछ।

आईपीओमा न्यूनतम १० कित्ता अर्थात १ हजार रुपैयाँदेखि अधिकतम १० हजार कित्ता अर्थात १० लाख रुपैयाँसम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओमा छिटोमा भदौ ७ गतेसम्म आवेदन दिन पाइनेछ भने सो अवधिसम्म निष्काशित सबै शेयर बिक्री नभएको खण्डमा भने भदौ १७ गतेसम्म खुला हुनेछ।

प्रतिमेगावाट लागत कति ?

लिवर्टी ईनर्जी कम्पनीले ५५६ जना संस्थापक शेयरधनीको पहलमा लमजुङ्गको दोर्दी गाउँपालिकामा २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना निमार्ण गरिरहेको छ ।

यस आयोजनाको ब्याजसहित प्रतिमेगावाट लागत १८ करोड ५४ लाखका दरले कुल अनुमानित लागत ४ अर्ब ६३ करोड ६० लाख रहेको छ। कम्पनीको विद्युत उत्पादन अनुमतिपत्र विस २१०६ बैशाख १४ गतेसम्म रहेको छ।

आर्थिक वर्ष २०७५।७६ मा कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ रहेको छ। त्यसैगरी, आर्थिक वर्ष २०७६।७७ मा १०५.७४ रुपैयाँ र चालु आर्थिक वर्ष आर्थिक वर्ष २०७७।७८ को अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११६.०७ रुपैयाँ कायम हुने प्रक्षेपण गरेको थियो।

कम्पनीको गरिएको लगानी फिर्ता हुन ८.२० वर्ष लाग्ने तथा डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.७७ वर्ष रहेको छ। कम्पनीले निविप्रासँग हिउँदमा प्रतिमेगावट ८.४० र वर्षा याममा ४.८० प्रतियुनिट दरमा विद्युत खरीद बिक्री सम्झौता गरेको छ। यो दर पाँच वर्षसम्म तीन प्रतिशतका दरले वृद्धि हुने सम्झौतामा उल्लेख छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।