एनआईसी एशिया क्यापिटल मार्फत संचालित एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डले गत आर्थिक वर्षको लाभांश घोषणा गरेका छन्।
कम्पनी संचालक समितिको साउन २६ मा सम्पन्न ७५औं बैठकले आर्थिक वर्ष २०७६/०७७ का लागि एनआईसी एशिया ग्रोथ फण्डका इकाई धनीहरुलाई १२ प्रतिशत (कर सहित) तथा दोस्रो योजना एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाई धनीहरुलाई ८ प्रतिशत (कर सहित) का दरले लाभांश वितरण गर्ने जनाएको छ ।
एनआईसी एशिया ग्रोथ फण्डका इकाई धनीलाई १० करोड २ लाख २४ हजार रुपैयाँ तथा एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाई धनीहरुलाई ६ करोड ४ लाख नगद लाभांश वितरण गर्नेछ ।
गत असार मसान्तसम्ममा ग्रोथ फण्डको खुद सम्पति मुल्य ११.७८ रुपैयाँ तथा ब्यालेन्सड् फण्डको खुद सम्पति मूल्य ११.०८ रुपैयाँ छ ।
हाल एनआईसी एशिया क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत पहिलो खुलामुखी योजना एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड संचालन गर्न नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको लागि निवेदन दिएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया