काठमाडौँ । सेयर बजार परिसुचकमा सामान्य अंकको सुधार आएको छ । मंगलबार नेप्से ६.६२ अंकले बढेर २६६४.१३ अंकमा पुगेको हो ।
आज कारोबारमा आएका ३४९ कम्पनीमध्ये १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२२ कम्पनीको सेयर मूल्य घट्दा १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । मंगलबार १ करोड ५४ लाख २० हजार ९२० कित्ता सेयरहरू ५७ हजार ४४९ पटक किनबेच हुँदा ५ अर्ब ६५ करोड ११ लाख ४२ हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार नेप्से ३२.६५ अंकले घटेर २६५७.५० विन्दुमा पुग्दा कारोबार रकम ७ अर्ब १८ करोड ३७ लाख १३ हजार रुपैयाँको कारोबार भएको थियो ।
शिखर पावर डेपलपमेन्टको सेयर मूल्य ५.९४ प्रतिशतले बढेको बजारमा रिभर फल्सको सेयर मूल्य ५.८० प्रतिशत, प्रभु सेलेक्ट फण्डको इकाई मूल्य ४.१४ प्रतिशत, त्रिशुली जल विद्युत कम्पनीको सेयर मूल्य ३.७७ प्रतिशतले बढेको छ ।
यता, बेनी हाइड्रोपावरको सेयर मूल्य ५.०४ प्रतिशतले घट्दा चिर्खवा हाइड्रोपावरको सेयर मूल्य ४.९४ प्रतिशतले घटेको छ ।
आज २३ करोड १४ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार सहित ग्लोबल आइएमई बैंक शीर्षस्थानमा रहेको छ ।
कारोबारमा आएका इकाई संख्याको आधारमा पनि ८ लाख ५८ हजार ५८७ इकाईको कारोबार सहित ग्लोबल आइएमई बैंक नै शीर्षस्थानमा रहेको बजारमा कारोबार संख्याको आधारमा भने ६ हजार ८० पटकको कारोबार सहित बेनी हाइड्रोपावर अग्रस्थानमा रहेको छ ।






