सुनको भाउमा नयाँ रेकर्ड, बिहीबार कतिमा हुँदैछ कारोबार ?


नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार ६०० रुपैयाँले बढेसँगै सुनको भाउले रेकर्ड बनाएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाला सुन प्रतितोला एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ८०.४१ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३१.६२ डलरमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति: १ कार्तिक २०८१, बिहिबार  ११ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।