निफ्राले उर्जा ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल नियुक्त


नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र (२०८८\८९) जारी गर्ने भएको छ । वार्षिक ६ प्रतिशत ब्याजदरमा बैंकले ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो ।

बैंकले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त गरेको छ । बिहीबार एक समारोहकाबीच बैंकका तर्फबाट नायब महाप्रबन्धक विनय नाथ न्यौपाने र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल धितोपत्र बोर्डको स्विकृती पश्चात निष्काशन गरिने कूल ऋणपत्रको ६० प्रतिशत ऋणपत्र संस्थाहरुको लागि र ४० प्रतिशत अन्य सर्वसाधारण लगानी कर्ताहरुका लागि सार्वजनिक निष्काशन गरिने बैंकले जनाएको छ ।