टिकटकद्वारा नेपालमा साना र मझौला व्यवसायलाई कार्यशाला आयोजना


काठमाडौँ ।  नेपालमा साना र मझौला व्यवसाय (एसएमबी) लाई सशक्तिकरण गर्ने उद्देश्यले टिकटकले कार्यशाला आयोजना गरेको छ ।

टिकटकले हालै राजधानीमा ‘ह्यासट्याग ग्रो विथ टिकटक’ नामक कार्यशाला आयोजना गरेको हो । कार्यशालामा आफ्नो व्यवसाय बढाउन टिकटक प्लेटफर्मको प्रयोगबारे साना र मझौला व्यवसायीलाई सिकाइएको जनाएको छ ।

साथै टिकटकले आफ्नो व्यवसायलाई युवासँग जोड्ने, उत्पादन र सेवालाई रचनात्मक तरिकाले प्रस्तुत गर्ने र एपमा उपलब्ध नयाँ विशेषताको फाइदा कसरी लिने भन्नेबारे कार्यशालामार्फत प्रशिक्षण गरिएको थियो ।

यसले नेपालमा साना र मझौला व्यवसायीका लागि सञ्जाल विस्तार गर्ने अवसर सृजना गरेको टिकटकले जनाएको छ ।