कान्तिपुर दैनिकका सहायक-सम्पादक बलराम बानियाँको दुःखद निधन भएको छ । काठमाडौंको बल्खुबाट सोमबारदेखि हराइरहेका पत्रकार बलराम बानियाँको शव हेटौंडामा फेला परेको हो ।
महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको हो । हाल उनको शव हेटौंडा अस्पतालमा राखिएको छ ।
दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन बानियाँ पछिल्लोपटक सोमबार राजधानीको बल्खुचोकमा करिब पौने चार बजे देखापरेको प्रहरीले जानकारी दिएको कान्तिपुरले लेखेको छ ।
उनी तीन दिनदेखि बेपत्ता भएको भन्दै कान्तिपुर दैनिकका तर्फबाट उजुरी परेको थियो ।बानियाँको परिवारका सदस्यले अपराध महाशाखालाई पनि हराएकोबारे जानकारी दिएका थिए ।
बानियाँ लामोसमयदेखि कान्तिपुरमा कार्यरत थिए । कान्तिपुर दैनिकसँग सम्बद्ध तनहुँका पत्रकार बानियाँ राजनीति र सुशासनमा कलम चलाउने कुशल पत्रकार मानिन्छन । उनका श्रीमती, एक छोरा र एक छोरी छन ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया