ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै निफ्राको नाफा घट्यो


ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को नाफामा पनि गिरावट आएको छ ।

बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.२२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.८० प्रतिशतले घटेर ५६ करोड २६ लाख रुपैयाँमा सिमित भएको छ भने सञ्चालन मुनाफा १५।२१ प्रतिशत घटेर ५० करोड १२ दाख रुपैयाँमा सीमित भएको छ ।

यस्तै बैंकको खुद फि तथा कमिशन आम्दानी १७२.६३ प्रतिशत बढेर १ करोड ३६ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १८.४४ प्रतिशतले घटेर ५७ करोड ६२ लाख रुपैयाँमा सीमित भएको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ १६ पैसा घटेर ६ रुपैयाँ ५० पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ३८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४४.४७ गुणा रहेको छ। चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ३२ करोड १९ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: ७ कात्तिक २०८१, बुधबार  ०९ : ४४ बजे