सुनको मूल्य स्थिर, शुक्रबार कतिमा हुँदैछ कारोबार ?


शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । बिहीबार ७०० रुपैयाँले घटेको सुनको भाउ शुक्रबार स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार शुक्रबार चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ७२६.६९ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३३.४७ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ९ कार्तिक २०८१, शुक्रबार  १० : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।