सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढेको हो । सोमबार प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको भाउ मंगलबार १५०० रुपैयाँले बढेको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्म कै उच्च हो ।
सोमबार प्रतितोला एक लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला दुई हजार १०५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ७५३.६८ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३३.९१ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया