शाईन रेसुङ्गा डेभलपमेन्टले ८ प्रतिशत लाभांश वितरण गर्ने


शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकले कायम चुक्ता पूँजीको ८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र ५ प्रतिशत (कर सहित) गरी ८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कात्तिक २३ गते शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकको स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण हुने बैंकले जनाएको छ ।

प्रकाशित मिति: २५ कार्तिक २०८१, आइतबार  १० : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।