कोरोना कहरमा शिवम् सिमेन्ट : व्यापार घटेपछि नाफामा उच्च गिरावट

0
Shares

गत आर्थिक वर्ष ०७६/०७७ मा अघिल्लो आर्थिक वर्ष ०७५/०७६ को तुलनामा शिवम् सिमेन्टको व्यापारमा गिरावट आउँदा खुद नाफा घटेको छ ।

कोरोना कहरका कारण ठूला-ठूला निमार्णका कामहरु अवरुद्ध भएपछि कम्पनीको व्यापार खस्किदा कम्पनीको खुद आम्दानीका साथै नाफा उच्चदरले घटेको हो।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा शिवम् ले उत्पादन बिक्रीबापत ९ अर्ब ९० लाख रुपैयाँ आम्दानी गरेको छ जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २०.५९ प्रतिशत कम हो ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा सिमेन्ट बिक्री गरेर कम्पनीले ११ अर्ब ३४ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको उत्पादन बिक्री वापतको आम्दानी नै २ अर्ब ३३ करोडले घटेको छ ।

बिक्री नै कम भएपछि कम्पनीको बिक्री लागत घटेको छ । अघिल्लो वर्ष यो शिर्षकमा ७ अर्ब २७ करोड खर्च भएकोमा गत आर्थिक वर्षमा ६ अर्ब ४७ लाख खर्च भएको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा एक अर्ब ५ करोड ८४ लाख रुपैयाँ छ । जुन अघिल्लो वर्षको भन्दा ३० प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले एक अर्ब ५१ करोड ४६ लाख खुद नाफा कमाएको थियो । कम्पनीको नाफा ४६ करोडले घटेको हो ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण्का लािग सरकारले गरेको देशव्यापी लकडाउनका कारण नियमित उद्योग सञ्चालन, कारोबार हुन नसक्दा उत्पादन तथा बिक्री वितरण लगायतका कार्यहरुमा असर परेको कम्पनीको भनाई छ ।

४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ६१ करोड रुपैयाँ र शेयरधनी कोषमा ९४ करोड २ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ६ पैसा, प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ ४३ पैसा र प्रतिशेयर कुल सम्पत्तीको मूल्य २६७ रुपैयाँ ६७ पैसा छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।