सगरमाथा इन्स्योरेन्सले व्यवसाय स्थिर रहँदा पनि बढायो खुद नाफा

0
Shares

सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षमा व्यवसायको आकार त्यति बढाउन नसक्दा पनि आफ्नो खुद नाफामा भने ७ करोड १४ लाख २ हजार रुपैयाँले वृद्धि गरेकोे वित्तीय विवरण निकालेको छ ।

गत आर्थिक वर्षमा कम्पनीले ३५ करोड ८२ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवमा २८ करोड ६८ लाख ४४ हजार नाफा कमाएको यस कम्पनीको नाफा २४.८९ प्रतिशतले सुधारिएको हो।

इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको समाप्ती सम्ममा ९८ करोड ४१ लाख ४३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ९८ करोड ९२ लाख २४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क ५० लाख ८१ हजारले घटेको हो ।

यसरी व्यवसायको आकार समान्य खुम्चिए पनि कम्पनीले खर्च प्रणालीमा गरेको नियन्त्रणका कारण नै कम्पनीको नाफामा वृद्धि देखिएको हो। इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ३५.७८ रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा कम्पनीको इपिएस २८.६५ रुपैयाँ रहेको थियो ।

चुक्तापूँजी १ अर्ब १२ लाख २३ हजार रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषको आकार १९ करोड ६२ लाख ५१ हजारबाट ३२ करोड २३ लाख ५२ हजार बढेर ५१ करोड ८६ लाख ३ हजार रुपैयाँ पुगेको छ ।

इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २२७.५१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२.५८ गुणा छ । एनएफआरएस वित्तीय विवरण अनुरुप बीमा समितिले अघिल्लो आव २०७५।७६ बाट शेयरधनीलाई नाफा वितरणमा रोक लगाएपछि जगेडा कोष आकर्षक बनेको हो। समीक्षा अवधिमा इन्स्योरेन्सको जीवन बीमा कोषमा ६३ करोड १४ लाख ३६ रुपैयाँ छ ।

गत आवमा कम्पनीले ५१ करोड ६८ लाख ४३ हजार दीर्घकालीन लगानी तथा कर्जा र २ अर्ब ५६ करोड ७२ लाख अल्पकालीन लगानी तथा कर्जा प्रवाह गरेको छ। लगानीकर्जा तथा अन्यशीर्षकबाट इन्स्योरेन्सले ९ करोड ४३ लाख २९ हजार रुपैयाँ आम्दानी गरेको छ भने पुनर बीमा कमिशन आयबाट ३२ करोड ७७ लाख १८ हजार रुपैयाँ आम्दानी गरेको छ।

इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको असार मसान्त सम्ममा ५० करोड ७६ लाख १० हजार रुपैयाँको खुद बीमा दाबी भुक्तानी गरेका छ। यस्तै अभिकर्ता कमिशनमा४ करोड २६ लाख ९९ हजार र पुनबीमा कमिशन खर्च ३७ लाख ९५ हजार रुपैयाँ खर्चेको छ ।

उल्लेखित आम्दानी र खर्चको समायोजनबाट इन्स्योरेन्सले ४७ करोड ९९ लाख ५७ हजार रुपैयाँ बचत गरेको छ । अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सले आम्दानी तथा खर्च समायोजना गरी ३८ करोड ८४ लाख ९ हजार रुपैयाँ बचत गरेको थियो ।

गत आवमा इन्स्योरेन्सले ५ हजार ८४८ वटा दाबी वापत परेको १ अर्ब २ करोड ८९ लाख ४६ हजार रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार ४२७ संख्याबाट परेको ८७ करोड ६६ लाख ६५ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गर्नुपर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।