धितोमा रहेका घरजग्गा लगायतका सम्पत्ति लिलाम गर्दै ग्लोबल बैंक


ग्लोबल आईएमई बैंकले धितोमा रहेका घरजग्गा लगायतका सम्पत्ति लिलाम गर्ने भएको छ । बैंकले बुधबार सूचना जारी गर्दै सम्पत्ती लिलाम गर्ने जनाएको हो ।

ऋणीले ऋण कर्जा उपभोग गर्दाका बखत गरेका लिखत सम्झौता बमोजिम समय समयमा बुझाउनु पर्ने साँवा, व्याज, पेनाल व्याज तथा अन्य दस्तुर पटक पटम लिखत तथा मौखिक तरताकेता गर्दा समेत चुक्ता भुत्तान नगरेको बैंकले सम्पत्ति नै लिलाम गर्ने सूचना जारी गरेको हो ।

बैंकले सूचना प्रकाशित गर्दै गैरबैँकिङ सम्पत्तिको रुपमा रहेका यी सम्पत्ति लिलाम बिक्रीका लागि १५ दिने बोलपत्र आह्वान गरेको छ ।

इच्छुक व्यक्तिले मंसिर १२ गते कार्यालय समयभित्र लहान शाखा सिरहामा आइपुग्नेगरी बोलपत्र पेश गर्नु पर्ने छ । उक्त बोलपत्र मंसिर १३ गते खोलिने समेत बैंकले जनाएको छ ।

प्रकाशित मिति: २८ कात्तिक २०८१, बुधबार  ०९ : ०५ बजे