सामान्य बढ्यो सुनको भाउ


सुनको भाउ सामान्य बढेको छ । बिहीबार प्रतितोला २२०० रुपैयाँले घटेको सुनको भाउ शुक्रबार १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै अघिल्लो दिन प्रतितोला १ हजार ९०५ रुपैयाँ रहेको चाँदी आज १ हजार ९१० रुपैयाँमा कायम भएको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ५६८.८७ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०.५१ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ३० कात्तिक २०८१, शुक्रबार  १० : ४४ बजे