औद्योगिक नगरी वीरगञ्जमा निषेधाज्ञा कडा बनाइँदै, सुरक्षाकर्मी परिचालन गर्दै भदौ ११ सम्म लम्ब्याइयो


कोरोना संक्रमण तीव्र बन्दै गए पछि औद्योगिक नगरी वीरगञ्जमा जारी निषेधाज्ञालाई अझै कडा बनाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले संक्रमण जोखिम बढ्दै गएको अवस्थामा जारी निषेधाका बिच सर्वसाधारणको चहलपहल भईरहेको सोको नियन्त्रणका लागि भन्दै सुरक्षाकर्मी परिचालन गरिने जनाएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जिल्लाभर निषेधाज्ञालाई कडा बनाउन लागिएको हो ।

प्रशासन कार्यालयले सूचना जारी गर्दै साउन ३२ गतेदेखि भदौ १३ गतेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा निषेधाज्ञालाई कडा बनाउन लागिएको जनाएको छ ।

पहिलो चरणमा साउन १० देखि वीरगञ्ज क्षेत्रमा मात्र निषेधाज्ञा जारी गरिएकोमा अवस्था झन बिग्रँदै गएपछि साउन १८ गतेदेखि अनिश्चितकालका लागि पर्सा जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय भएको थियो । आइतबारको समितिको बैठकले भदौ १३ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।