काठमाडौँ । महानगरपालिकाले गौशालाको अनाधिकृत संरचनामा डोजर चलाएको छ । शुक्रबार चक्रपथ क्षेत्रस्थित गौशालामा रहेको अनाधिकृत संरचनामा महानगरपालिकाको नगर प्रहरी टोलीले डोजर चलाएको हो ।
महानगर प्रहरीको टोली चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरेर बसेका स्थानीयलाई हटाउन गौशाला पुगेको थियो । महानगरले सडकबाट २५ मिटरभित्र बनाइएका संरचना हटाइने थालेको हो ।
चक्रपथ सडक विभाग मातहत रहेको छ । तर पनि सडक सीमा अतिक्रमण भएको भन्दै स्थानीय सरकारका रूपमा महानगर अघि बढेको हो। सडक विभागको सहमतिमा नै महानगरले सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना हटाएको हो ।
प्रतिक्रिया