लेखापरीक्षणमा अल्झिएको राष्ट्रिय बीमा कम्पनीको निराशाजनक वित्तीय विवरण


बक्यौता वर्षहरुको वास्तविक लेखापरीक्षण गर्न नसकेकोर साधारण सभा गराउन नसकेको राष्ट्रिय बीमा कम्पनी (RBCL) ले अधिकांश सूचकमा गिरावट आएको वित्तीय विवरण पस्किएको छ ।

२ वर्ष पहिले प्रस्तावित १२० प्रतिशत लाभांशबाट पछि हटेको बीमा कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ६३ करोड ८५ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ७८ करोड १३ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको खुद नाफा १८.२७ प्रतिशतले घटेको हो ।

कोरोना संक्रमणका कारण जारी लकडाउनका बीच पनि अरु बीमा कम्पनीहरु औसत अवस्थामा रहँदै गर्दा राष्ट्रिय बीमा कम्पनीको व्यवसाय समेत प्रभावित भएको देखिएको छ ।

गत असार मसान्तसम्ममा कम्पनीले २२ करोड ४५ लाख ७३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ३४ करोड ८७ लाख ३९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो र समीक्षा अवधिमा कम्पनीको यो शीर्षकको आम्दानीमा ३५.६० प्रतिशतले गिरावट आएको हो ।

पुनर्बीमा कमिशन, लगानी कर्जा तथा अन्य शीर्षकमा हुने आम्दानी लगायत सूचकमा पनि गिरावट आएका कारण कम्पनीको खुद नाफा प्रभावित भएको हो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा ७ करोड १० लाख ५५ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको कम्पनीले गत आर्थिक वर्षको यसै अवधिमा ६ करोड ६ लाख ५६ हजार रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको छ । अभिकर्ता कमिशनमा आएको गिरावटले पनि कम्पनीको व्यवसाय प्रभावित भएको बुझ्न सकिन्छ ।

समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च १७ करोड ८२ लाख ३६ हजार रुपैयाँबाट बढेर १८ करोड ९४ लाख ७९ हजार रुपैयाँ पुगेको छ । अधिकांश सूचकमा देखिएको फरक परिवर्तनले कम्पनीको कुल आय नै १ अर्ब ५३ करोड ९८ लाख ३६ हजार रुपैयाँबाट १ अर्ब ४७ करोड ८ लाख ७२ हजार रुपैयाँमा झरेको छ ।

यद्यपी केही खर्चका शीर्षकमा भएको बचतका कारण कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४४ करोड ३८ लाख ३२ हजार रुपैयाँ नाफा नोक्सान हिसाबमा सारेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ४१ करोड ६२ लाख १६ हजार रुपैयाँ सारेको थियो ।

अघिल्ले आर्थिक वर्षकोभन्दा धेरै रकम नाफा नोक्सान हिसावमा सारे पनि कम्पनीले अन्य आम्दानी बढाउन सकेको छैन । यसका साथै व्यवस्थापन खर्च, अन्य खर्च र कर्मचारी बोनसको आकार बढे पछि कम्पनीको खुद नाफामा गिरावट आएको हो ।

खुद नाफामा आएको गिरावटसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि २९३ रुपैयाँ २ पैसाबाट २३९ रुपैयाँ ४९ पैसामा झरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी खुद नाफा बराबर अर्थात १८.२७ प्रतिशतले घटेको छ ।

Particulars Rastriya Beema Company Limited – in ‘000
Q4 2076/77 Q4 2075/76 Difference %
Paid Up Capital 266,639 266,639 0.00%
Reserve and Surplus 2,968,347 2,461,309 20.60%
Net Worth per Share (In Rs.) 2057.09 1676.77 22.68%
Net Profit 638,566 781,310 -18.27%
EPS (In Rs.) 239.49 293.02 -18.27%
 PE Ratio (Times) 38.41 31.57 21.67%
Net Premium 224,573 348,739 -35.60%
Insurance Fund 2,250,016 1,742,978 29.09%
Re-Insurance Commission Income 174,891 179,590 -2.62%
Income from Investment, Loan and others 225,561 256,764 -12.15%
Claim Payment (Net) 60,656 71,055 -14.64%
Agent Commission 7,170 4,777 50.09%
Gross Profit 443,832 416,216 6.64%

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।