धितोपत्र बोर्डले वित्तीय साक्षरताका लागि अन्तराष्ट्रिय सम्मेलन गर्ने


नेपाल धितोपत्र बोर्डले वित्तीय साक्षरता बढाउन अन्तराष्ट्रिय सम्मेलनको गर्ने भएको छ । बोर्डले दि अर्गनाइजेसन फर इकोनमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओइसिडी) अन्तर्गतको इन्टरनेशनल नेटवर्क अन फाइनान्सिएल एजुकेसन( आइएनएफ) को सहकार्यमा पुँजी बजारमा वित्तीय साक्षरता सम्मेलन गर्ने भएको हो ।

इन्टरनेशनल कनफ्रेन्स एन्ड राउण्डटेबल अन फाइनान्ससएल कन्जुमर प्रोटेक्सन एन्ड एजुकेसन इन एसिया प्यासिफिक’ नामक अन्तराष्ट्रिय सम्मेलन असार १७ र १८ गते हुने बोर्डले जनाएको छ ।
आइतबार सम्मेलनको पुर्वसध्यामा आयोजना गरेको पत्रकार सम्मलेलन बोल्दै बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौडेलले वित्तीय क्षेत्र तथा वित्तीय साक्षरतामा विज्ञता हासिल गरेका एक सय २५ स्वदेशी तथा विदेशीहरुले सम्मेलनमा सहभागिता जनाउने बताए ।

सम्मेलनमा अमेरिका, दक्षिण अफ्रिका, अस्ट्रेलिया, काजाकिस्तान, सिङ्गापुर, थाइल्याण्ड, भुटान, चिन र भारत लगायतका देशको सहभागिता रहने छ । यससँग सम्बन्धित संस्थाहरू ओइसिडी, सेवी, एसआइसी लगायतका अन्तराष्ट्रिय संस्थाहरूको समेत सहभागिता रहने छ ।

अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैक, बिमा समिति, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज, धितोपत्र बजार, बैकर्स एशोसिएसन र लगानीकर्ता संघहरुको समेत सहभागिता रहने बोर्डले जनाएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्ने कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धमा विभिन्न सत्रहरू सहितको राउन्ड टेबलसमेत हुनेछ । कार्यक्रमले बोर्ड सहित नेपालको अन्तराष्ट्रिय स्तरको सम्मेलन गर्ने क्षमता प्रदर्शन हुनुको बोर्डका अध्यक्ष डा. रेबतबहादुर कार्कीले बताए । साथै वित्तीय साक्षरता तथा लगानीकर्ताको संरक्षणका विविध आयामहरूलाई मूल प्रवाहीकरण गर्न महत्वपूर्ण योगदान गर्ने रहने अध्यक्ष कार्कीको भनाइ छ ।

बोर्डले जनवरी २०१९ बाट ओइसिडिको पुर्णसदस्यता प्राप्त गरेको हो । ओइसिडिले विश्वमा मानव जीवनको समृद्धिका लागि असल तथा प्रभाकारी नीति बनाउन पहल गर्छ । यसको मूल उद्देश्य भनेको समृद्धि समानता र अवसरहरूको निर्माण गर्नु हो । यो संस्था विगत ६० वर्षदेखि क्रियाशील छ । यसमा ६४ देशका ८६ संस्थाहरू पूर्ण सदस्य र ९६ देशका १७२ संस्थाहरू नियमित सदस्यका रूपमा आबद्ध छन् ।

साथै सोही पत्रकारसम्मेलनमा धितोपत्र बोर्डका अध्यक्ष डा. कार्कीले बोर्डको रजत जयन्ती स्मारिका सिक्का समेत लोकार्पण गरेका छन । धितोपत्र बोर्डले आफ्नो स्थापनाको रजतजयन्तीको उपलक्ष्यमा बोर्डको रजत जयन्ती लोगो अंकित हुलाक टिकट तथा रजतजयन्ती स्मारिका सिक्का प्रकाशन गरेको छ । यसै क्रममा रजतजयन्तीको उपलक्ष्यमाबोर्डको अनुरोधमा नेपाल सरकारको स्वीकृतिमानेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले २९ मि.मि डायमिटरको ८.५ ग्रामतौल भएको कुप्रो निकेल धातुको रु १०० दरको सिक्का निष्काशन गरेको हो ।