सुनको भाउमा वृद्धि भएको छ । आइतबार १०० रुपैयाँले नै घटेको सुनको भाउ सोमबार एक हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै अघिल्लो दिन प्रतितोला १ हजार ९०५ रुपैयाँ रहेको चाँदी आज १ हजार ९२० रुपैयाँमा कायम भएको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ५९२.७४ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०.७१ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया