प्रुडेन्सियल इन्स्योरेन्सको लिलामी शेयरको बोलकबोल खोलिँदै


प्रुडेन्सियल इन्स्योरेन्सको लिलाममा राखिएको शेयरको बोलकबोल खोल्ने काम भइरहेको छ ।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल, नक्सालमा बिहान ११ बजेदेखि शेयरको बोलकबोल खोल्ने काम भइरहेको क्यापिटलले नोटबजारलाई जानकारी दिएको छ ।

क्यापिटलका अनुसार अहिलेसम्म झण्डै २५० वटा आवेदनहरु खोलिसकिएको छ । कुल ९४२ वटा आवेदन परेको क्यापिटलले जनाएको छ ।

यो सामग्री तयार पार्दासम्म इन्स्योरेन्सको शेयर माग गर्ने ठूलो संख्या र अधिकतम रकममा ५ हजार कित्ताका लागि ४६० रुपैयाँको आवेदन परेको छ ।

इन्स्योरेन्सले गत चैत १८ गतेदेखि असार १९ गतेसम्म चुक्ता पूँजीको ६० प्रतिशतले ३८ करोड ४९ लाख १२ हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन गरेको थियो । निष्काशित ३८ लाख ४९ हजार १२० कित्ता हकप्रदमा बिक्री नभएको सर्वसाधारण समूहतर्फको ५४ हजार ६३१ कित्ता शेयर लिलामीमा राखेको थियो ।

साँझसम्ममा सबै आवेदन खोलेर अन्तिम नतिजा सार्वजनिक गरिने क्यापिटलले जनाएको छ ।

हाल ६४ करोड १५ लाख २० हजार रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद निष्काशन पश्चात पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।