सुनको भाउ पुनः प्रतितोला एक लाख माथि उक्लियो

0
Shares

सुनको भाउ मंगलबार पुनः प्रतितोला १ लाख माथि उक्लिएको छ । आइतबार र सोमबार लगातार घटेको सुनको भाउ मंगलबार प्रतितोला २ हजार २ सय रुपैयाँले बढेर १ लाख माथि पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा छापावल सुनको भाउ प्रतितोला १ लाख ४०० र तेजाबी सुनको भाउ प्रतितोला ९९ हजार ९०० रुपैयाँमा तोकिएको छ ।

सोमबार छापावल सुन प्रतितोला ९८ हजार २०० र तेजाबी सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसका साथै चाँदीको मूल्य पनि यस दिन तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३८० रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य सामान्य बढेका कारण नेपाली सुन बजारमा यसको प्रभाव परेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।