एशियन हाइड्रोपावरले साधारण सभा आह्वान गरेको छ । कम्पनीले पौष महिना २ गते मंगलबार दिउँसो १२ः३० बजे द ईन्ट्रान्स क्याफे, चाकुपाट, ललितपुरमा सभा बोलाएको हो ।
सभाले संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र अनुसूची सहितको वित्तिय विवरण, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्ने छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर १९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जसअनुसार मंसिर १८ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन पाउने छन् ।
प्रतिक्रिया