बुधबार सुनको भाउ बढेको छ । दुई दिनमा प्रतितोला १८ हजार ५०० रुपैयाँ घटेको सुनको भाउ बुधबार प्रतितोला ९०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६३९.८ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०.४९ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया