सरसफाई तथा खानेपानीका क्षेत्रमा प्रविधिको साथमा काम गर्दै आएको दियालो टेक्नोलोजिज प्रालि सम्मानित भएको छ । खानेपानी तथा सरसफाईका क्षेत्रमा प्रविधि भित्र्याउँदै आधुनिकीकरणमा योगदान पुर्याएको भन्दै खानेपानी मन्त्री प्रदिप यादवले दियालो टेक्नोलोजिजलाई सम्मान गरेका हुन् ।
मोरङको उर्लाबारीमा सुरु भएको ‘उर्लाबारी बृहत सहलगानी खानेपानी आयोजना’ को उद्घाटन गर्दै मन्त्री यादवले दियालो टेक्नोलोजिजले पुर्याएको योगदानको सम्मान गरेका हुन् । उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको कार्यालयलाई प्रविधिमैत्री बनाउन वाटरमार्क सफ्टवेयर, जिआइएस म्यापिङ, अटोमेशन लगायतका प्रविधि जडान तथा सञ्चालन गरेकाले सम्मान गरिएको संस्थाले जनाएको छ ।
सम्मानपत्र हस्तान्तरण गर्दै मन्त्री यादवले स्थानीय बासिन्दाहरूका लागि स्वच्छ र पर्याप्त पानीको पहुँच सुनिश्चित गर्ने उद्देश्यले सुरु गरिएको परियोजनाले पानी आपूर्ति प्रणालीमा सुधार ल्याउने, साथै स्थानीय विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
आयोजनाले उर्लाबारी क्षेत्रका नागरिकहरूलाई पानीको समस्याबाट मुक्त गराउन, र उन्नत जीवनशैली प्रदान गर्न मद्दत पुर्याउने बताएका उनले पानी आपूर्ति परियोजनाहरूको विस्तार र स्थानीय विकासका योजनाहरूमा काम गर्दै, समग्र मोरङ जिल्लामा पानीको पहुँच सुधार्न प्रतिबद्ध रहेको बताएका थिए ।
दियालो टेक्नोलोजिजले हाल विभिन्न अत्याधुनिक सफ्टवेयर समाधानहरूको निर्माण र आपूर्ति गर्दै आएको छ । यसमा बिलिङ प्रणाली, मिटर रिडिङ, अनलाइन भुक्तानी सेवा, एसएमएस अलर्ट, ग्राहक सेवा व्यवस्थापन, भौगोलिक सूचना प्रणाली र स्वचालन प्रणाली लगायतका सुविधाहरू समेटिएका छन् । स्वचालन प्रणाली अन्तर्गत गेट भल्भ स्वचालन, पानीको गुणस्तर निगरानी र पम्प स्वचालन जस्ता प्रविधिहरूले सेवा सञ्चालनलाई अझ प्रभावकारी, सटीक र विश्वसनीय बनाउन महत्वपूर्ण योगदान पुर्याउने कम्पनीको भनाई छ ।
हालसम्म ८०० भन्दा बढी संस्थाहरूले दियालो टेक्नोलोजिजका प्रविधि र उपकरण जडान गरि आफ्नो सेवालाई आधुनिक बनाएका छन् । नेपालभर १५ लाखभन्दा बढी घरपरिवार र ७० लाखभन्दा बढी जनसंख्या दियालो टेक्नोलोजिजका प्रविधिबाट लाभान्वित भएका छन् । यस्ता आधुनिक उपकरण तथा समाधानहरूले स्थानीय समुदायहरूको जीवनस्तर सुधार गर्न तथा सेवा प्रदान गर्ने संस्थाहरूलाई थप प्रभावकारी र पारदर्शी बनाउन महत्त्वपूर्ण योगदान पु¥याएका छन् ।
प्रतिक्रिया