समाज लघुवित्तको आईपीओमा १२६ गुणा बढी माग

0
Shares

समाज लघुवित्त वित्तीय संस्थाले भदौ ४ गतेदेखि निष्काशन गरेको आईपीओमा आइतबार साँझ ५ बजेसम्म १२६ गुणा बढी माग आएको छ ।

कम्पनीले सर्वसाधारणको लागि एक सय रुपैयाँ अंकित दरमा ८० लाख ७० हजार रुपैयाँ बराबरको ८० हजार ७०० कित्ता शेयर निष्कासन गरेकोमा ४ लाख ७९ हजार ४५४ वटा आवेदन मार्फत एक करोड एक लाख ८८ हजार ६७० कित्ता शेयरका लागि आवेदन परेको छ । जुन सर्वसाधरणका लागि निष्कासन गरेको शेयरको १२६.२५ गुणा बढी हो ।

कुल ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आईपीओ निष्काशन गरेकोमा संस्थाका कर्मचारीका लागि एक हजार र ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणका लागि ८० हजार ७ सय कित्ता शेयर बाँडफाँड हुनेछ ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। । निष्काशन बन्द छिटोमा भदौ ८ गते हुनेछ भने ढिलोमा भदौ १८ गते हुने लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ।

हाल यो कम्पनीको चुक्ता पूँजी एक करोड १४ लाख रुपैयाँ छ । ८६ लाखको आईपीओ जारी गरेपछि चुक्ता पूँजी २ करोड पुग्नेछ । आईपीओपछि कम्पनीमा संस्थापको ५७ तथा सर्वसाधारणको ४३ प्रतिशत शेयर स्वामित्व रहनेछ ।

यी समाचारहरु पढ्न छुट्नु भयो कि !!!

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।