सोमबार पनि नेप्से ऋणात्मक, शेयर कारोबार रकम २७ करोडले घट्यो

0
Shares

शेयर बजार परिसूचक नेप्से सोमबार २.८६ घटेर १२४२.०३ बिन्दुमा झरेको छ । नेप्से, सेन्सेटिभ, फ्लोट र फ्लोट सेन्सेटिभका सूचकहरु ऋणात्मक बनेका छन् भने कारोबारमा आएका एधारमध्ये चार बाहेक अधिकांश उपसूचक रातो बनेको छ ।

चालु आवको अन्त्य तथा असार मसान्तले आयकर र ऋणको साँबा ब्याज भुक्तानीको असर शेयर बजारमा परेको हो। जसको कारण अधिकांश कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएपछि २७ करोड तीन लाख रुपैयाँले कारोबार रकम घटेको छ।

आइतबार ६४ करोड ५० को कारोबार भएको शेयर बजारमा सोमबार ३७ करोड ४७ लाख रुपैयााँको मात्र कारोबार भएको हो।

सोमबार ८६ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ४६ वटा कम्पनीको शेयरमूल्य बढ्यो। २३ कम्पनीको शेयरमूल्य स्थिर बन्यो।

सोमबार उत्पादन तथा प्रशोधान सबैभन्दा धेरै ४.८९ अंकले बढेको छ । जीवन बीमा ३.१५, विकास बैंक २.७६ र हाइड्रोपावर १.११ अंकले बढ्यो ।
उता होटल सबैभन्दा धेरै १९.३९ अंकले घटेको छ । अन्य ४.७२, वाणिज्य बैंक ३.५४, निर्जीवन बीमा ३.०७, फाइनान्स १.८९, माइक्रोफाइनान्स ०.२६, म्युचुअल फण्ड ०.०७ अंकले घटेका छन् ।

 

सोमबार नेपाल बैंकको सबैभन्दा धेरै २ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै प्रभु बैंकको १ करोड ९२ लाख, शिवम् सिमेन्टसको १ करोड ७९ लाख र एनआईसी एशियाको १ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार सिभिल लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.८७ प्रतिशतले बढेको छ । अरुण भ्याली हाइड्रोपावरको ४.८१, स्वाभिमान लघुवित्तको ४.७२ प्रतिशतले शेयरमूल्य बढेको छ। कैलाश विकास बैंक, गुराँस लघुवित्त, स्वादेशी लघुवित्त लगाएको शेयरमूल्य ३ प्रतिशत बढीले सुधार भएको छ ।

यता महिला लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.९८ प्रतिशतले घटेको छ । यस्तै युनाइटेड इन्स्योरेन्स, समीट लघुवित्त, पाँचथर पावर कम्पनी, जनउत्थान सामुदायिक लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंकको पनि ३ प्रतिशत धेरैले शेयरमूल्य घटेको छ।