काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित ‘नेपाल फर्मा एन्ड हेल्थ अन्तराष्ट्रिय प्रदर्शनी” र ‘नेपाल हस्पिटल, सर्जिकल तथा मेडिकल अन्तराष्ट्रिय प्रदर्शनी” हुने भएको छ । यो प्रदर्शनी आगामी शुक्रबारदेखि आइतबारसम्म भृकुटीमण्डपमा आयोजना हुन लागेको छ ।
फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्राइभेट लिमिटेड, एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इण्डिया प्राइभेट लिमिटेड (इटीएसआईपीएल) तथा मिडिया स्पेस सोल्युसन प्राइभेट लिमिटेडको संयुक्त आयोजनामा प्र्रदर्शनी हुन लागेको हो । प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १ सयभन्दा बढि कम्पनीको स्टल रहने व्यवस्था गरिएको छ ।
नेपाल फर्मा एन्ड हेल्थ अन्तराष्ट्रिय प्रदर्शनी तथा नेपाल हस्पिटल, सर्जिकल तथा मेडिकल अन्तराष्ट्रिय प्रदर्शनीका तीन विशेषता छन् । जसअनुसार प्रदर्शनी, सम्मेलन र साझेदारी । यी तीन विशेषतालाई एउटै ठाउँमा ल्याएर नेपालका विभिन्न फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापार अवसर बढाउन यो प्रदर्शनीले केन्द्रीय भूमिका निर्वाह गर्ने आयोजक पक्षले जनाएको छ ।
नेपाल फर्मा र हेल्थ प्रदर्शनीले स्थानीय औषधि, चिकित्सा र स्वास्थ्य सेवा उद्योगका लागि सञ्जालको काम गरि औषधोपचारको क्षेत्रमा नयाँ आविष्कारदेखि नयाँ औषधिको विकाससम्मको विश्वव्यापी नवीनता प्रविष्ट गराउने माध्यम आयोजकको भनाई छ ।
प्रदर्शनीमा विभिन्न देशका कम्पनि र ब्राण्डसहित बिजिनेस लिडर, डाक्टर, वैज्ञानिक, रोग विशेषज्ञ, अनुसन्धानकर्ता, सरकारी अधिकारी, नीति निर्माता र उद्योग पेशेवरहरुको सहभागिता रहनेछ ।
प्रतिक्रिया