सुनको भाउ एकैदिन प्रतितोला १७ सय रुपैयाँले घटेको छ । मंगलबार २ सय र बुधबार ७०० रुपैयाँले घटेको सुन बिहीबार १७ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६४४।०१ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०।३९ डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया