गत आवको नाफाबाट हालसम्म एक दर्जन संस्थाले घोषणा गरे लाभांश

0
Shares

गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट एक दर्जन संस्थाले लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचीकृत १० कम्पनी र दुई क्यापिटल गरी एक दर्जन संस्थाले लाभांश घोषणा गरेका हुन् ।

घोषित लाभांशमध्ये समता लघुवित्तले सबैभन्दा धेरै २० प्रतिशत बोनस सहित २६.३२ प्रतिशत लाभांश घोषणा गरेको छ । एनआईसी एशिया क्यापिटलले १८, फस्ट माइक्रोफाइनान्सले १३.६८ तथा एनआईबिएल समृद्धि फण्ड १ र एनआईसी एशिया ग्रोथ फण्ड १ ले समान १२ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

दश प्रतिशतभन्दा कम लाभांश घोषणा गर्ने कम्पनीहरुमा नबिल ब्यालेन्स्ड फण्ड २, एनआईबिएल सहभागिता फण्ड, एनआईसी एशिया ब्यालेन्स्ड फण्ड, सिद्धार्थ इक्वीटी फण्ड, नबिल इक्वीटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ र कुमारी क्यापिटलले १० प्रतिशतभन्दा कम लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।