हिमालय ऊर्जाको आइपिओ मंगलबार बाँडफाँट हुने

0
Shares

हिमालय ऊर्जा विकास कम्पनीको आइपिओ (मंगलबार) वैशाख ३ गते बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार इन्द्रेणी बैंक्वेट, वानेश्वरमा मंगलबार दिउँसो १ बजे आइपिओ बाँडफाँट हुने भएको छ ।

यो आइपिओमा ५१ करोड ५९ लाख ८२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कुल ७२ हजार ३७६ जनाले ५१ लाख ५९ हजार ८२० कित्ता सेयर भरेका हुन् ।

यो आवेदन माग भन्दा ३.७८ गुणा बढी हो । लगानीकर्तालाई अधिकतम २० कित्तासम्म सेयर हात पर्ने भएको छ । कम्पनीले कुल १४ लाख ८५ हजार कित्ता सेयर निष्कासन गरेकामा ३५ कर्मचारीलाई र ५५ सामूहिक लागनी कोषलाई छुट्याइएको छ । बाँकी १३ लाख ६६ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।