डलर अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

0
Shares

नेपालका एकमात्र डलर अर्बपति व्यवसायी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार उनले ट्विट गर्दै आफूलाई कोभिड-१९ को संक्रमण भएको सार्वजनिक गर्दै सम्पर्कमा रहेकाहरूलाई सुरक्षित रहन आग्रह गरेका छन्।

‘प्रिय साथी र शुभेच्छुकहरु, कोरोनाको पीसीआर परीक्षण गर्दा आज बिहान ममा पोजेटिभ देखिएको छ। भगवानको कृपाले अहिलेसम्म कुनै लक्षणहरु देखिएको छैन। यद्यपि, मैले चिकित्सकहरुको सल्लाहअनुसार आफूलाई आइसोलेट गरेको छु। मसँग सम्पर्कमा आउनुभएका जोकहोही पनि सम्भावित जोखिमबाट जोगिनुहोला,’ चौधरीले लेखेका छन्।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।