क्लोजअप बन्यो भ्वाइस अफ नेपालको मुख्य प्रायोजक : संगीत क्षेत्रमा फ्रेश प्रतिभाको खोजी गर्दै


काठमाडौं । युनिलिभर नेपालको लोकप्रिय ब्राण्ड क्लोजअपले यसपटक भ्वाइस अफ नेपालको नयाँ सिजन प्रायोजन गर्ने सम्झौता गरेको छ । आत्मविश्वास र ताजापनको प्रतिक मानिने क्लोजअपले नेपाली संगीत क्षेत्रको एउटा ठुलो मञ्च भ्वाइस अफ नेपालसँग सहकार्य गर्दै नयाँ प्रतिभाहरुलाई अवसर र प्रेरणा प्रदान गर्न लागेको हो ।

भ्वाइस अफ नेपाल, आफ्नो सुरुवात कालनै नयाँ र फ्रेश गायकरगायिकाहरुको प्रतिभा उजागर गर्दै उनीहरुलाई नेपाली संगीत क्षेत्रमा स्थापित गराउने उद्देश्यले अग्रसर हुँदै आएको छ र यसको लोकप्रियता दिनप्रतिदिन बढ्दै गईरहेको छ ।

क्लोजअप र भ्वाइस अफ नेपालको यो सहकार्यले प्रतियोगिहरुमा समेत थप आत्मविश्वास, ऊर्जा र ताजापन भर्ने विश्वास गरिएको छ । भ्वाइस अफ नेपालसँगको सहकार्यले यस सन्देशलाई अझ व्यापक बनाउँदै नेपाली संगीतप्रेमीहरुको मन मुटुमा स्थान बनाउने हाम्रो प्रयास हो ।

प्रकाशित मिति: ७ पुस २०८१, आइतबार  १२ : ५१ बजे