आईसीआईसीआई सेक्युरिटीजको ३ अर्बको शेयर बिक्री

0
Shares

भारतको निजी क्षेत्रको बैंक आईसीआईसीआईले आईसीआइसीआई सेक्युरिटीजमा रहेको ६४ लााख ४० हजार कित्ता शेयर बिक्री गरेको छ । बैंकले सेक्युरिटीजको कुल शेयरको २ प्रतिशत बिक्री गरेको हो ।

बैंकल प्रतिकित्ता अंकित मूल्य ५ रुपैयाँ दरले शेयर बिक्री गरेको जनाएको छ । ओपन मार्केट मार्फत कारोबार भएको सो शेयर कुल मूल्य ३ अर्ब १० करोड रुपैयाँ रहेको छ । 

बैंकले धितोपत्र बजारमा सूचिकृत कम्पनीमा कम्तिमा पनि २५ प्रतिशत सर्वसाधारणको शेयर स्वामित्व कायम गर्नका लागि शेयर बिक्री गरेको जनाएको छ ।

सेक्युरिटीज एण्ड एक्सचेन्ज बोर्ड अफ इण्डियाको निर्देशिका अनुसार धितोपत्रको दोस्रो बजारमा सूचिकृत कम्पनीले न्यूनतम २५ प्रतिशत शेयर सर्वसाधारणलाई दिएको हुनुपर्छ । सोही अनुसार सेक्युरिटीजमा सर्वसाधारणको सहभागिता बढाउनका लागि बैंकले हिस्सा घटाएको हो ।

यो शेयर बिक्री गरेपछि सेक्युरिटीजमा बैंकको लगानी ७७.२२ प्रतिशत कायम रहेको छ । आइसीआईसीआई सेक्युरिटीज कम्पनी सन २०१८ मा दोस्रो बजारमा सूचिकृत कम्पनी हो ।

सेबिका अनुसार दोस्रो बजारमा सूचिकृत कम्पनीका संस्थापकहरुले तोकिएको समयमा शेयर स्वमित्व ७५ प्रतिशत भन्दा तल ल्याउनु पर्ने व्यवस्था छ । किनभने सर्वसाधारणको सहभागिता कम्तिमा पनि २५ प्रतिशत हुने गरी संस्थापक समुहको सहभागिता घटाउने पर्ने व्यवस्था छ । सोही व्यवस्थाले गर्दा बैंकले सेक्यूरिटीजमा रहेको शेयर बिक्री गरेको हो ।

शुक्रबार आईसीआईसीआई बैंकको र आईसीआईसीआई सेक्यूरिटीजको शेयर मूल्यमा उच्च सुधार आएको छ । आईसीआईसीआई बैंकको शेयर मूल्य ४.९८ प्रतिशतले बढेको छ । त्यसैगरी आईसीआईसीआई सेक्यूरिटीजको प्रतिकित्ता शेयर मूल्य ३.५० प्रतिशतले बढेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।