रिलायन्स लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) बाँडफाँडको नतिजा नोटबजारमा प्रकाशन भएको छ।
शुक्रबार बाँडफाँड भएको शेयर ५ लाख ६७ हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । २० हजार ५०९ आवेदकको हात खाली भएको छ ।
आईपीओ नतिजाका लागि नोटबजार डटकमको गृहपृष्ठको शीर्षस्थानको अन्तिम दोस्रो स्थानमा रहेको आईपीओ (IPO Result) रिजल्टमा जानुहोस्। त्यसपश्चात १६ अंकको हितग्राही खाता (डिम्याट) लेखी सर्च बटनमा क्लिक गरेर आफुलाई आईपीओ पर्यो कि परेन हेर्न सकिन्छ।
बिक्री प्रबन्धकले आवेदकको नाम र आवेदन गरिएको शेयर संख्या (कित्ता) तथ्याङ्क उपलब्ध नगराएकाले क्रम संख्या र आवेदन कित्ताको स्थानमा पनि अलटमेन्ट कित्ता नै राखेर नतिजा प्रकाशन गरिएको छ।
रिलायन्स लाइफको आइपीओमा ५ लाख ८९ हजार ४६४ वटा मात्र आवेदन परेकोमा १ हजार ९५५ वटा आवेदनहरु रद्ध भएका छन । बाँकी ५ लाख ८७ हजार ५०९ आवेदकलाई मात्र शेयर बाँडफाँड प्रकृयामा सहभागि गराएको थियो ।
कम्पनीले कुल ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर मध्ये ५६ लाख ७० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ छ । एक अर्ब ४७ करोड रूपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता भइसकेको छ । ६३ करोडको आईपीओ निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १० करोड पुग्नेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया