तारे स्तरका होटल वर्गीकरण र मापदण्ड संशोधनको तयारी


काठमाडौं । सरकारले तारे स्तरका होटल-रिसोर्ट वर्गीकरण तथा मापदण्ड संशोधन तयारी गरेको छ । पर्यटन विभागले समसामयिक परिमार्जन गर्न लागिएको भन्दै सरोकारवालासँग राय मागेको हो ।

नेपालमा अहिले तारे स्तरका होटल, रिसोर्ट, लज, मोटेल तथा बेड एन्ड ब्रेक फास्ट (बीएन्डबी) हरूको वर्गीकरण र मापदण्ड २०७६ अनुसार आतिथ्य सेवा वर्गीकरण हुँदै आएको छ ।

यस्तो छ अहिलेको मापदण्ड

आन्तरिक तथा बाह्य उडानको टिकटको व्यवस्था गर्न ट्राभल डेक्स राख्नुपर्ने, ३ घन्टीभित्र फोन उठ्नु पर्ने, भुक्तानी नगद, अनलाइन र क्रेडिट कार्डबाट हुने व्यवस्था मिलाउनुपर्ने, पत्रपत्रिका तथा पर्यटकसम्बन्धित जानकारीमुलक सामग्री होटलको क्षमताअनुसार हुनुपर्ने पनि मापदण्डमा उल्लेख छ।

यसैग।री, सबैले देख्ने गरी कम्पनी दर्ता, उद्योग दर्ता, सञ्चालन इजाजत र ताराअंकित प्रमाणपत्र रिसेप्सननजिकै राख्नुपर्ने पनि मापदण्डमा उल्लेख छ।
सुविधासम्पन्न महिला र पुरुषसहित अपांगमैत्री शौचालयसमेत हुनुपर्नेछ। रिसेप्सनमा बस्ने कर्मचारीले अंग्रेजी र नेपाली दुबै भाषामा बोलचाल गर्न सक्ने, गेष्टको लगेज रुम र पार्किङसम्म लगिदिने व्यवस्था हुनुपर्नेछ।

यस्तै, होटल बलियो भू–धरातलमा बनेको हुनुपर्ने, खुल्ला र आकर्षक प्रवेशद्वार, मौसमी फूल फूल्ने बगैँचा, होटल परिसरभित्रै डुल्न, घुम्न र आराम गर्न मिल्ने सुविधा सहितको शान्त र मनोरञ्जनपूर्ण वातावरण हुनुपर्ने उल्लेख छ। साथै होटल परिसर पूर्ण रुपमा धुलो र धुँवामुक्त हुनुपर्नेछ।

यसैगरी होटलको प्रवेशद्वारमा नेपाली र अंग्रेजीमा स्पष्ट बुझिने गरी नाम हुनुपर्ने र होटलको सम्पूर्ण कागजपत्रमा समेत नाम खुलाउनुपर्ने मापदण्डमा उल्लेख छ। होटल कुन स्तरको वा कति तारे हो भनेर पनि खुलाउनु पर्नेछ।

यसैगरी ३ तारे वा सोभन्दा माथिल्लो स्तरको होटलेमा २४ घन्टा नै रुम सर्भिस दिनुपर्नेछ। साथै सबै स्तरको होटलसँग ग्राहकलाई बसपार्क र विमानस्थल पु¥याउने सुविधासम्पन्न साधन हुनुपर्नेछ भने ४ तारेदेखि माथिल्लो स्तरको होटलसँग भने कम्तिमा २ वटा सुविधासम्पन्न आफ्नै सवारी हुनुपर्ने नयाँ मापदण्ड बनाइएको छ।

ग्राहकको बहुमूल्य वस्तु राख्न रिसेप्सननजिकै लकर हुनुपर्ने र ४ तारे माथिको होटलको हकमा भने प्रत्येक रुममा लकर हुनुपर्नेछ। बत्तिको सुविधा २४ घन्टा नै हुनुपर्ने, प्रशोधित पानी हुनुपर्ने, आकाशे पानी भन्डारका प्रविधि जडान हुनुपर्ने र नियम अनुसार ढल निकासीको व्यवस्था हुनुपर्ने समेत मापदण्डमा उल्लेख छ। होटलको लबीको क्षमता १ तारेको हकमा १० जना, दुई तारेको हकमा १५, ३ तारेमा २०, ४ तारेमा ४०, पाँच तारेमा ६० र पाँच तारे डिलक्सको हकमा ८० जना अट्ने हुनुपर्नेछ।

प्रकाशित मिति: १० पुस २०८१, बुधबार  ०८ : ४० बजे