लिबर्टी इनर्जीको १० कित्ता आईपीओ ९४ हजारले पाए, ४० कित्ता पाउने कति ?


लिबर्टी इनर्जीले सर्वसाधारणमा निष्काशन गरेको साधारण शेयरको बाँडफाँड केही बेरमा हुँदैछ । प्रि अलटमेण्ट विबरण अनुसार १ लाख ८८ हजार ३७३ आवेदकले लिवर्टीको साधारण शेयर पाएका छन् ।

लिबर्टी इनर्जीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले धितोपत्र बोर्डमा बुझाएको विबरण अनुसार सबै योग्य आवेदकलाई १० कित्तादेखि ४० कित्ता शेयर बाँडफाँड गरिनेछ ।

प्रि अलटमेण्टको तथ्यांक अनुसार ९४ हजार ९०४ आवेदकले लिबर्टीको १० कित्ता शेयर पाएका छन् । त्यसै गरी ४५ हजार ४८ आवेदकले २० कित्ता शेयर पाएकोमा ४८ हजार २२१ आवेदकले ३० कित्ता शेयर पाएका छन् । गोलाप्रथाबाट २५ हजार ६२० आवेदकले थप १० कित्ता शेयर पाएका छन् ।

लिवर्टीको आईपीओमा कुल १ लाख ८८ हजार ४९९ वटा आवेदन परेको थियो । जसमा १२६ वटा आवेदन रद्ध भएकाले १ लाख ८८ हजार ३७३ आवेदकलाई मात्र शेयर बाँडफाँड प्रकृयामा सहभागि गराइने एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

३० कित्ता सम्मका सबै आवेदकलाई माग गरे जति शेयर बितरण गरिने भएको हो । ३० कित्ताभन्दा माथिको संख्यामा शेयर माग गर्ने ३६ हजार ५५८ मध्ये २५ हजार ६२० आवेदकलाई थप १० कित्ता शेयर बितरण गरिने क्यापिटलले जनाएको छ ।

सामुहिक लगानी कोषका लागि छुट्याइएको १ लाख १२ हजार ५०० कित्ता शेयरमा आवेदन परेको छैन । उता कर्मचारीका लागि छुट्याइएको ४५ हजार कित्ता शेयरमा पनि ६ हजार १०० कित्ता शेयरमा मात्र आवेदन परेको छ । सामुहिक लगानी कोष र कर्मचारीले आवेदन नगरेको शेयर पनि सर्वसाधारणलाई बितरण गरिएको हो ।

यस अघि स्थानीयलाई निष्काशन गर्दा बिक्री हुन नसकेको शेयर समेत सर्वसाधारणमा निष्काशन गरि बाँडफाँडको तयारी गरिएको हो । केही बेरमा शेयर बाँडफाँड गरी अन्तिम नतिजा सार्वजनिक गरिने क्यापिटलले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।