बुधबार देशभरको मौसम सफा रहने


काठमाडौँ । देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेबाहेक देशभरको मौसम सफा रहनेछ ।

विभागले बिहान तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको जनाएको छ । बाँकी भू–भागमा मौसम मूख्यतया सफा छ ।

बिहानको समयमा तराई तथा उपत्यकाकामा हुस्सु तथा कुहिरो लागेकाले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्नसक्ने विभागको भनाइ छ । त्यसैले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

प्रकाशित मिति: १७ पुस २०८१, बुधबार  ०७ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।