शेयर लगानीकर्ताको रोजाईमा हाइड्रोपावरका सस्तो शेयर

0
Shares

शेयर बजारले सुधारको लय समातेपछि लगानीकर्ताहरुको रोजाईमा हाइड्रोपावरका शेयर परेका छन् । जसले गर्दा अधिकांश जलविद्युत कम्पनीहरको शेयर मूल्य बढेको छ ।

बुधबार बजार खुलेको दुई घण्टामा झण्डै २ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। १ बजेसम्ममा १८५ वटा कम्पनीको ४४ लाख २५ हजार कित्ता शेयर १ अर्ब ९९ करोड ५० लाख रुपैयाँ बराबरमा खरीद बिक्री भएको छ।

यस अवधिमा अधिकांश हाइड्रोपावर कम्पनीको शेयरमूल्य बढेको छ। उच्च शेयरमूल्य बढ्ने १० कम्पनीमा ९ वटा हाइड्रोपावर कम्पनी रहेका छन्। एनआरएन इन्फास्ट्रक्चर बाहेक धेरै शेयर मूल्य बढ्ने १० कम्पनीमा जलविद्युत समूहका कम्पनीहरु रहेका छन् ।

जलविद्युत समुहको सूचक नै ६ प्रतिशत बढीले उकालो लागेको छ । कारोबारमा आएका म्युचुअल फण्ड बाहेकका सबै सूचक सकारात्मक रहेका छन् ।

यस अवधिमा नेप्से सूचक २४ अंकले बढेर १ हजार ५०९ विन्दुमा पुगेको छ।

Index Current Points Change % Change  
NEPSE 1,510.51 25.52 1.72  
Sensitive 302.32 3.97 1.33  
Float 104.73 1.57 1.52  
Sen. Float 99.69 1.25 1.27  
 
Sub-Indices Current Points Change % Change  
Banking 1,230.30 12.33 1.01  
Trading 918.17 22.51 2.51  
Hotels 1,527.06 15.45 1.02  
Development Bank 1,772.01 12.31 0.7  
HydroPower 1,064.16 51.18 5.05  
Finance 671.99 4.8 0.72  
No Life Insurance 7,641.06 112.23 1.49  
Manu. & Pro. 3,052.48 46.3 1.54  
Others 984.91 40.13 4.25  
Microfinance 2,512.36 28.79 1.16  
Life Insurance 9,425.14 116.75 1.25  
Mutual Fund 10.70 0 0.04  

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।