तिब्बत क्षेत्रमा केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प


काठमाडौं । आज बिहान ६ बजेर ५० मिनेटमा गएको भूकम्प नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ ।

स्थानीय प्रशासनले विवरण संकलनको काम गरिरहेका छन् । भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।

प्रकाशित मिति: २३ पुस २०८१, मंगलबार  ०७ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।