सुनको मूल्यमा गिरावट,बिहीबारका लागि कति तोकियो भाउ ?

0
Shares

पछिल्लो केहि दिन यता लगातार बढेको सुनको मूल्य दुई दिन यता लगातार घटेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो।

दुई दिनको अवधिमा सुनको भाउ प्रतितोला एक हजार ९ सय रुपैयाँले ओरालो लागेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार तोकिएको छ।

बुधबार सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी चाँदीको भाउ पनि यसदिन तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ३४५ रुपैयाँ निर्धारण गरिएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ भाद्र २०७७, बिहिबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।