एक वर्षमा १० लाखले लिए व्यक्तिगत प्यान नम्बर


कर प्रणालीमा आबद्ध नभई गरिने व्यवसायिक कृयाकलापले औपचारिक मान्यता नपाउने भएपछि वर्षेनी कर प्रणालीमा आबद्ध हुनेहरुको संख्या बढिरहेको छ । यस क्रममा व्यक्तिगत प्यान लिनका लागि गरिएको सहजीकरणले अघिल्लो आर्थिक वर्षसम्ममा प्यान लिएकाहरु भन्दा गत आर्थिक वर्षमा मात्र प्यान लिने संख्या दोब्बर पुगेको छ ।

आन्तरिक राजश्व विभागले व्यक्तिगत प्यान लिनेहरुको संख्या तीब्र दरमा बढिरहेको जनाएको छ । आन्तरिक राजश्व विभागका अनुसार आर्थिक वर्ष २०७५/०७६को अन्त्यसम्ममा ९ लाख ९६ हजार जनाले मात्र व्यक्तिगत प्यान लिएकोमा गत आर्थिक वर्षको अन्त्यसम्ममा यो संख्या २० लाख पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको अन्त्यदेखि कुनै पनि कर कार्यालयबाट सहजै व्यक्तिगत प्यान लिन सकिने व्यवस्था गरिएकाले यस्तो संख्यामा तीब्र वृद्धि भएको विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षसम्म प्यान लिन चाहनेहरुले आफु कार्यरत कार्यालय तथा व्यवसायिक प्रतिष्ठान दर्ता भएको कर कार्यालयबाट मात्र प्यान लिन सक्ने व्यवस्था थियो । औपचारिक रुपमा कुनै संघ संस्थामा आबद्ध नभएकाहरुले स्थायी ठेगानामा रहेको कर कार्यालयबाट मात्र व्यक्तिगत प्यान लिन सक्ने व्यवस्था थियो ।

अहिले व्यक्तिगत प्यान लिन चाहनेहरुले आवश्यक कागजात बोकेर नजिकको कर कार्यालय पुगेको खण्डमा ३० मिनेट भित्रमा प्यान कार्ड लिन सकिने व्यवस्था गरिएको छ । कोरोना संक्रमण जोखिमका कारण कार्यालयहरु बन्द भएकाले व्यक्तिगत प्यान लिन चाहनेहरुलाई लक्षित गर्दै अनलाइनबाट समेत प्यानका लागि आवेदन दिन सकिने व्यवस्था गरेको छ । यसबाट ठूलो संख्यामा व्यक्तिगत प्यान जारी हुने विश्वास विभागले लिएको छ ।

व्यक्तिगत प्यान अनलाइन मार्फत लिन सकिने

विभागका महानिर्देशक बिनोदबहादुर कुँवरका अनुसार सबै नागरिकलाई कर प्रणालीमा आबद्ध गराउका लागि यस्तो व्यवस्था गरिएको हो । “हामीले सबै नागरिक सहजै कर प्रणालीमा आबद्ध हुन सक्ने गरी यस्तो व्यवस्था गरेका छौं । व्यक्तिगत प्यान लिनका लागि सबैलाई आग्रह गर्दछु,” नोटबजारसँगको कुराकानीमा कुँवरले भने ।

करचुक्ता प्रमाणपत्रको आधिकारिकता जाँच घरबाटै गर्न सकिने

अन्तःशुल्क करदाताले अनिवार्य रुपमा उत्पादन ब्रान्ड दर्ता गराउनुपर्ने

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।