रिद्धि सिद्धि सिमेन्टद्धारा कोरोना संक्रमितलाई विभिन्न सहयोग सामाग्री वितरण

0
Shares

रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हाल गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितहरुको लागी फलफुल, रोग प्रतिरोधातमक शक्ति बढाउनका लागी सोहि अनुसारको खाद्य सामाग्री तथा रिर्चाजकार्ड लगायतका बिभिन्न सामाग्री बितरण गरेको छ । 

हेटौंडामा आयोजित एक कार्यक्रममा रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हाल गौरीटार आईसोलेसन वार्डमा रहनु भएका ६२ जना संक्रमितहरुको लागी फलफुल, रोग प्रतिरोधातमक शक्ति बढाउनका लागी सोहि अनुसारको खाद्य सामाग्री, र संक्रमित भई आईसोलेसनमा रहदा पनि निरन्तर घर परिवारसंग समपर्क बनाई राख्नका निमित्त नेपाल टेलिकमको रु २०० बराबरको रिर्चाजकार्ड र एक थान तातो पानि खाने कप लगाएत बिभिन्न सामाग्री बितरण गरेको हो ।

सो कार्यक्रममा बोल्दै रिद्धि सिद्धि सिमेन्टका क्षेत्रिय बिक्रि प्रबन्धक बिक्रम खतिवडाले उद्योगले स्थानिय समुदायको दुख सुखको सारथि बन्न रिद्धि सिद्धि सिमेन्ट सदैब तैयार रहुने बताए । त्यस्तै कार्यक्रममा हेटौंडा उप महा नगरपलिकाका प्रमुख हरि बहादुर महतले संक्रमितहरुको हौसला बढाउदै सचेत रहि स्वस्थ खानपिन एंव नियमित ब्याम गर्ने हो भने कोरोना मात्रै हैन भबिस्यमा समेत सजिलै कुनै रोगको शिकार हुनु नपर्ने बताए ।

हेटौंडाको रातोमाटेमा अबस्थित रिद्धि सिद्धि सिमेन्टले आफ्नो उत्पादनको दोस्रो बर्षमा प्रबेश गरे संगै हाल देशका बिभिन्न स्थामा रहेका सिमेन्ट उद्योगहरुका लागी किलिंकर समेत बिक्रि गर्दै आईरहेको छ ।

हाल उद्योगको उत्पादन देशका बिभिन्न ठुला परियोजना हरुमा समेत प्रयोग हुदै आईरहेको छ । प्रतिस्पर्धि सिमेन्टको बजारमा रिद्धि सिद्धि सिमेन्टले उच्च नबिनतम युरोपियन प्रबिधि र उच्च गुणस्तरीय चुन ढुगा खानिको कारणले गर्दा ग्रहाकको पहिलो रोजाईमा पर्न सफल भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।