फोनपे पेमेण्ट सर्भिस लिमिटेडले पारित गर्यो लाभांश वितरणको प्रस्ताव


फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । २०८१ पुस २९ गते सम्पन्न साधारण सभाले फोनपेका शेयरधनीहरुलाई २०८१ अषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांस (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न साधारण सभाले आ.व. २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ भने चालु आर्थिक वर्षको लेखा परीक्षकमा एनबिएसएम एण्ड एशोसिएट्सलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: १ माघ २०८१, मंगलबार  १८ : ०७ बजे