सानिमा लाइफले ल्यायो ११ घातक रोगका लागि बीमा योजना

0
Shares

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले कडा प्रकृतिका विभिन्न ११ प्रकारका रोगका उपचारमा सहयोग सहयोग पु¥याउन नयाँ स्वास्थ्य बीमा योजना सार्वजनिक गरेको छ ।

‘सानिमा घातक रोग रक्षावरण स्वास्थ्य बीमा योजना’ नाम दिइएको सो योजनामा क्यान्सर, मिर्गौला, अङ्ग दान.‘बोनम्यारो’ प्रत्यारोपण, ‘ओपन हार्ट सर्जरी’, हृदयाघात, मस्तिष्कघातलगायत रोगको उपचारलाई समेटिएको जानकारी गराएको छ ।

लिमिटेडका महाप्रबन्धक शिवराम तिमल्सिनाले बीमा योजनाले १८ देखि ५५ उमेर समूहलाई समेट्ने र रु ५० हजारदेखि रु ५० लाखसम्मको बीमा जिकिर गर्न सकिने जानकारी दिए।

पैसा र उपचारको अभावमा जनताको अकालमा मृत्यु नहोस् भन्नाका लागि कम्पनीले सो योजना ल्याइएको जानकारी दिँदै यसले जनताको जीवनस्तरमा सुधार ल्याउने जनाइएको छ ।

प्रकाशित मिति: १९ असार २०७६, बिहीबार  २० : ०३ बजे