कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा


कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ३३ हजार ८५२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकको सेयरमा संस्थापक सेयरधनी लगायत अन्य व्यक्ति, कम्पनी वा लगानीकर्ताले पनि आवेदन दिन सक्ने छन् । बैंकले यसअघि संस्थापक सेयरधनीको लागि मात्र सेयर खुलाएको थियो । संस्थापक सेयरधनीबाट ३५ दिनभित्र आवेदन नपरेको भन्दै बैंकले अन्य सर्वसाधारणका लागि ७ दिनको म्याद थप गरेको हो ।

लगानीकर्ताले ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन दिन सक्ने छन् ।

प्रकाशित मिति: ४ माघ २०८१, शुक्रबार  ०८ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।