काठमाडौँ । सुनको भाउ दुईदिनमा प्रतितोला २५ सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १२०० रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार १३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन एक लाख ५७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै शुक्रबार चाँदी १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ७१५।३५ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०।७५ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया