‘कृषि विधेयकले किसानको समस्या सम्बोधन गर्नेछ’


कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हाल छलफलमा रहेको कृषि विधेयकले कृषि र आमकिसानको समस्या सम्बोधन गर्ने बताउका छन् । उनले किसान आयोगको आठौ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउने गरी कानुन निर्माणमा मन्त्रालय लागेको जानकारी बताएका हुन ।

“अहिले पनि धेरै परिवार कृषिमा लागेका छन् तर ठूलो मात्रामा कृषि उपजको आयात गर्नु परिरहेको छ । त्यसैले अब कृषिलाई व्यावसायिक बनाउन आवश्यक छ । यसमा सुधारका मन्त्रालयले काम गरिरहेको छ”, मन्त्री अधिकारीले भने ।

उनले हरेक नागरिकले आफ्नै उत्पादन प्रयोग गर्ने सङ्कल्प गर्नुपर्ने र यसका लागि तीनै तहका सरकारको सामूहिक प्रयास हुनुपर्नेमा जोड दिए । “कृषि उपजको उत्पादन बढाउने सबैतिरबाट प्रयास भइरहेको छ तर हामीले खाने अन्न तरकारीले रोग निम्त्याइरहने अवस्था आउनु हुँदैन”,मन्त्री अधिकारीले भने “अब विषादी न्यूनीकरण गर्नेतर्फ सबैले प्रयास गरौँ । आफ्नै उत्पादन उपभोग गर्ने सङ्कल्प गरौँ ।”

प्रकाशित मिति: ६ माघ २०८१, आइतबार  १९ : ०८ बजे