नेपाली बजारमा भदौ २३ गते मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेको छ ।
आइतबार तोलामा ३ ०० ले घट्दै सोमबार स्थिर रहि ९६ हजार १०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार तोलामा ३०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै, चाँदीको मूल्यमा भने १० रुपैयाँ घटेर १ हजार ३१० रुपैयाँमा कारोबार भैरहेको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार १०० रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया