नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार दुई लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार सपोर्ट लघुवित्त वित्तीय संस्था र सिभिल लघुवित्त वित्तीय संस्थाको बोनस सूचीकृत भएको हो ।
सपोर्ट लघुवित्त वित्तीय संस्थाको ६० हजार कित्ता तथा सिभिल लघुवित्तको ५७ हजार ५७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अघिल्लो आर्थिक वर्षको मुनाफाबाट सर्पोटले १० प्रतिशत तथा सिभिल लघुवित्तले ५ प्रतिशत बोनस शेयर वितरण गरेका थिए ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया